चितवन, १३ असोज : नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ । अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उहाँका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उहाँको भनाइ छ । गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।
रासस