कराते टोली मलेसिया जाने

  ४ घण्टा अगाडि

काठमाडौँ, १२ असोज : डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली मलेसियाको क्वालालम्पुर जाने भएको छ । मलेसिया कराते महासङ्घको आयोजनामा यही असोज १७ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढामगरले ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । नेपाली टोली बुधबार मलेसिया जानेछन् ।
रासस

तपाईको प्रतिक्रिया