‘प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन’

  ७ घण्टा अगाडि

काठमाडौँ, १० असोज : प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ ।

“प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाई फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचाररपोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया