पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पु-याउँछौँ : प्रचण्ड

  २ घण्टा अगाडि

काठमाडौँ, ९ असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको बसहलाई तार्किक निष्कर्षमा पु¥याइने बताउनुभएको छ ।

आजदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको प्रारम्भमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उहाँले आफूलाई नेतृत्वमा बसिरहने इच्छा नभएको र यसलाई निश्चित विधि र प्रक्रियाबाट टुङ्ग्याइने बताउनुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

“सुस्पष्ट वैज्ञानिक विचार, सुनिश्चित विधि र प्रक्रियाद्वारा नेतृत्वका बारेमा छलफल सुरु भएको छ । मलाई अध्यक्षमा बसिरहने इच्छा छैन । तर नेतृत्वको वैज्ञानिक प्रणालीअन्तर्गत यसलाई सुनिश्चित गर्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “मेरो नेतृत्वको अन्तिम घडीसम्म देश र जनताको पक्षमा अविचलित रुपमा रहिरहनेछु । तर पनि पार्टीभित्र नेतृत्वको बहस भइरहेको छ । यसलाई तार्किक निष्कर्षमा पु-याउँछौँ ।” (रासस)

तपाईको प्रतिक्रिया