विराटनगर, ८ असोज : मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ ।
मोरङ जिल्लामा सरुवा भएपछि आज यहाँस्थित सञ्चारकर्मीहरुसँगको भेटघाटमा प्रहरी उपरीक्षक कटवाले जल्लामा अमनचयन कायम गरी आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजमा हुनसकने चारी, डकैति, तस्करीलगायत आपराधिक क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गर्ने, कुनै कसिमको गैह्रकानुनी कामकारवाही हुन नदिने र कानुन हातमा लिई व्यक्ति तथा समाजलाई आतङ्कित बनाउन प्रयास गर्नेहरूलाई कानुनको कठघारामा उभ्याउने काममा समर्पित नेपाल प्रहरीलाई सहयोग गर्न जिल्लाबासीसँग अनुरोध गर्नुभयो ।
प्रहरी उपरीक्षक कटवालले विगतका घटनाक्रमबाट पाठ सिकेर प्रहरी सङ्गठन अघि बढ्ने विश्वास दिलाउँदै देश र जनताको पक्षमा अहोरात्र खटिने सुरक्षा संयन्त्रलाई सञ्चारकर्मीसहित समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस