टुँडिखेलमा संविधान दिवस (तस्बिरहरु)

  ४ घण्टा अगाडि

काठमाडौँ, ३ असोज : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरिएको थियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वप्रधानमन्त्री बबुराम भट्टराईलगायत  विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।  

संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।

तपाईको प्रतिक्रिया