चित्रकारको स्वास्थ्य सुधारउन्मुख : कामै नलाग्ने अवस्थामा देब्रे हात

  २ घण्टा अगाडि

काठमाडौँ, असोज २ गते। कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आउँदै गएको छ।   

कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेता खनालकी पत्नी चित्रकारको स्वास्थ्यमा सुधार आउँदै गएको जानकारी दिनुभयो। 

उहाँ भन्नुहुन्छ, “उहाँको अस्पतालको आइसियूमा उपचार भइरहेको छ। अस्पतालमा ल्याएको भन्दा  स्वास्थ्यमा सुधार आउँदै गएको छ।”

डा. ताम्राकारका अनुसार श्वासप्रश्वास नलीमा असर गरेको हुँदा उहाँको छाती हल्का सङ्क्रमण देखिरहेको छ। उहाँको जलनको घाउँमा डे«सिङ हुँने गरेको उहाँले जानकारी दिनुभयो। 

उहाँ भन्नुुहन्छ, “जलन भएको ठाउँमा दैनिक डे«सिङ गर्दै आएका छौँ। देब्रेहात अत्याधिक जलनको कारणले गर्दा कामै नलाग्ने अवस्थामा छ।” 

भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा उहाँ जलेर घाइते हुनुभएको हो।

तपाईको प्रतिक्रिया