पेट्रोलियम पदार्थको मूल्य समायोजन, डिजेल–मट्टितेलमा वृद्धि

  २ घण्टा अगाडि

काठमाडौं, ३० भदौ : नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गतेदेखि लागू हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको भाडा मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.५२ ले कमी भए पनि डिजेल र मट्टितेलमा प्रतिलिटर रु. २.१५ ले वृद्धि भएको निगमले स्पष्ट पारेको छ ।

निगमका अनुसार पेट्रोलको खुद्रा मूल्य घटेर काठमाडौं उपत्यका, पोखरा र ढुवानी केन्द्र नजिकका क्षेत्रमा प्रतिलिटर रु. १८२.५० कायम भएको छ भने डिजेल तथा मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर रु. १७२.१५ पुगेको छ ।

नयाँ मूल्यसूचीअनुसार १५ किलोमिटरभित्रका सबै बिक्री/वितरण केन्द्रहरूमा पेट्रोल, डिजेल र मट्टितेल उक्त मूल्यमा विक्री वितरण गरिने निगमले जनाएको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पेट्रोलियम पदार्थहरूको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गर्दा उपभोक्ताले प्रत्यक्ष लाभ पाउनेछन् ।”

तपाईको प्रतिक्रिया