महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन

  २ घण्टा अगाडि

काठमाडौँ, ३० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्नुभएको छ ।

महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गर्नुभएको हो । उहाँका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत हुनुहुन्थ्यो ।

यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।
(रासस)

तपाईको प्रतिक्रिया