ऊर्जामन्त्री कुलमान घिसिङले गर्नुभयो पदभार ग्रहण

  २ घण्टा अगाडि

काठमाडौँ, भदौ ३० गते । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हाल्नुभएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्नुभएको हो । उहाँ नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हुनुहुन्छ । 

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँ  आइतबार साँझ मन्त्री बन्नुभएको हो । उहाँले ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। 

तपाईको प्रतिक्रिया