महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त

  ५ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको छ ।”

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । उहाँ पूर्वसूचना आयुक्तसमेत हुनुहुन्छ । नेपालको इतिहासमा उहाँ महान्यायाधिवक्ता हुने पहिलो महिला हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया