बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

  २ घण्टा अगाडि

काठमाडौँ, २९ भदौ : काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ ।

भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।”
(रासस)

तपाईको प्रतिक्रिया