जेनजी आन्दोलनलाई समृद्धिमा केन्द्रित गर्न नेता श्रेष्ठको आग्रह

  ५ घण्टा अगाडि

काठमाडौँ, भदौ २५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।

जेनजी आन्दोलनलाई ऐतिहासिक आन्दोलनको रुपमा उल्लेख गर्दै उहाँले सुशासन र भ्रष्टाचारविरुद्ध उठाइएको मुद्दामा समर्थन रहेको बताउनुभयो । श्रेष्ठले अराजक तत्वहरूको घुसपैठले आन्दोलनलाई नकारात्मक मोड दिएको र राज्यका निकायसहित सार्वजनिक सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको टिप्पणी गर्नुभयो ।

श्रेष्ठले पाँच बुँदे अपिल गर्दै विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन, लोकतन्त्रलाई परिमार्जन गरेर अगाडि बढाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहित राजनीतिक स्थिरता कायम गर्न, सुशासन र भ्रष्टाचार अन्त्यलाई सुनिश्चित गर्न तथा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया