महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

  ४ घण्टा अगाडि

काठमाडौँ, २५ भदौ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गर्नुभएको हो ।

महासचिव गुटेरेसले सो विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न नदिन संयमता अपनाउन र रचनात्मक मार्गप्रशस्त गर्नका लागि वार्तालाप गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले मानवअधिकार कानुनको पालना गर्न पनि आह्वान गर्नुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया