डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

  भदौ २०, २०८२

कञ्चनपुर, २० भदौ : शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिनुभयो । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उहाँले बताउनुभयो ।
(रासस)

तपाईको प्रतिक्रिया