खेलकुद व्यवस्थापन स्नातक कार्यक्रमबारे छलफल

  भदौ २०, २०८२

गण्डकी, २० भदौ : मुलुकमा पहिलोपटक खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रम ( बिएसएम) सञ्चालन गरेको गण्डकी विश्वविद्यालयका पदाधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच कार्यक्रमको प्रभावकारिताबारे छलफल भएको छ ।

बिहीबार मन्त्री चौधरीको कार्यकक्षमा भएको छलफलबारे आज राससलाई जानकारी दिँदै बिएसएम कार्यक्रमका संयोजक मधुसुदन सुवेदीले विश्वविद्यालय र मन्त्रालयबीचको सहकार्य, मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिका, कार्यक्रमको व्यवस्थापन, राष्ट्रिय खेल संस्थाहरूसँगको साझेदारी, खेलकुद क्षेत्रको समग्र विकास एवं त्यसमा शैक्षिक सम्मिश्रणलगायत विषयमा विमर्श भएको थियो ।

त्यस अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, विश्वविद्यालयका उपकुलपति प्राध्यापक नवराज देवकोटालगायत उपस्थित हुनुहुन्थ्यो ।
(रासस)

तपाईको प्रतिक्रिया