प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

  ३ घण्टा अगाडि

बेइजिङ (चीन), १८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ ।

सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक हुनुभयो ।

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उहाँ चीन भ्रमणमा हुनुहुन्छ । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कदै हुनुहुन्छ ।
(रासस)

तपाईको प्रतिक्रिया