काठमाडौँ, १७ भदौ : सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा यस वर्षको ‘प्रधानसेनापति ट्रफी’ प्रतियोगिता आजदेखि सुरु भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटनका अवसरमा प्रतियोगितामा सहभागी सबै टोलीका खेलाडीद्वारा मार्चपास गरियो ।
उद्घाटन खेलका रूपमा पुरुषतर्फ एक हजार ५०० मिटर र महिलातर्फ ८०० मिटर दौड आयोजना गरियो । यसमा पुरुषतर्फ सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पालले यसअघि सङ्गठनका नाममा कायम रहेको रेर्कड तोड्दै तीन मिनेट ५४.०२ मा दूरी पार गरी प्रथम हुनुभयो । त्यसैगरी मध्यपृतनाका लोकेन्द्र बोहोरा दोस्रो र विशेषफोज बाहिनीका अक्कलबहादुर पाल तेस्रो घोषित हुनुभयो ।
महिलातर्पmको ८०० मिटर दौड प्रतियोगितामा १३ नं बाहिनाका अनिषा विश्वकर्मा प्रथम, १६ नं बाहिनीका सरस्वती भट्टराई द्वितीय र मध्यपूर्वी पृतनाका बालिका श्रेष्ठ तृतीय हुनुभयो । सोही समारोहमा विजयी प्रतियोगिता प्रधानसेनापति सिग्देलले पुरस्कार प्रदान गर्नुभयो ।
आगामी असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, बलिवल, बास्केटबल, फुटबल र जुडो खेल समावेश गरिएका छन् । प्रतियोगितामा आठ वटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौँडामा हुनेछन् ।
विसं २०६५ देखि शुभारम्भ भएको प्रतियोगिताले उत्कृष्ट खेल प्रतिभाको पहिचान, प्रवर्द्धन र प्रोत्साहन गर्दै खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको झण्डा फहराएर नेपाल र नेपालीको गौरव उच्च बनाइरहेको सेनाले जनाएको छ ।
विश्वस्तरीय तथा ओलम्पिक प्रतियोगितामा समेत सेनासँग आबद्ध २६ खेलाडी सहभागी भई सफलता प्राप्त गर्नुमा पनि यस्ता प्रतियोगिताको महत्त्वपूर्ण योगदान रहेको सेनाले जनाएको छ ।
त्यस अवसरमा सैनिक तालिम महानिर्देशक धु्रवप्रकाश शाहले त्रिभुवन आर्मी क्लब स्थापनाको उद्देश्य र सैनिक खेलाडीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल क्षेत्रमा पु¥याएको योगदान र पछिल्लो समय प्राप्त गरेको सफलता एवं पदकसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।
(रासस)