गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

  १४ घण्टा अगाडि

थ्यानचिन, चीन, १६ भदौ : चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) सदस्य राष्ट्रले गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यको सोमबार कडा निन्दा गरेको छ ।

चीनको उत्तरी शहर थ्यानचिनमा शिखर सम्मेलन (एससीओ) पछि जारी विज्ञप्तिमा गत जुनमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको पनि कडा शब्दमा निन्दा गरेको जनाएको छ ।

“सदस्य राष्ट्रहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्व बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। सङ्गठन गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यहरूको कडा निन्दा गर्दछ र स्थायी युद्धविराम र निर्बाध मानवीय सहायताका लागि आह्वान गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जुन २०२५ मा इरानमाथि इजरायली र अमेरिकी सैन्य आक्रमणले असैनिक आणविक संरचनालाई लक्षित गरी भएको हताहती अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन गरेको छ ।” (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया