बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

  १४ घण्टा अगाडि

मुग्लिन (चितवन), १६ भदौ : चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते हुनुभएको थियो ।

घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पु¥याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । मृतकको पहिचान खुलेको छैन ।

अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका-११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया