श्रमदान अभियानबाट ३० हजार वृक्षरोपण

  भदौ १५, २०८२

फुुङ्लिङ (ताप्लेजुङ), १५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पर्यटकीय क्षेत्रमा श्रमदान अभियानमार्फत ३० हजार बोटबिरुवा रोपेको गरेको छ ।

ताप्लेजुङ वाइसिएलले गाउँगाउँमा श्रम अभियान सञ्चालन गरेर जिल्लाका फक्ताङलुङ, मिक्वाखोला गाउँपालिकामास्याउ, सिरिस, कागती, मयुँर पङ्खी, धुपी,सल्लो, अमला, तेजपत्ताका बिरुवा रोपेको हो । मिक्वाखोला पालिकामा तीन हजार बिरुवा रोपिएका वाइसिएल नेपालका जिल्ला अध्यक्ष सञ्जिव माबोले बताउनुभयो ।

त्यसैगरी, पर्यटकीय क्षेत्र फुङ्फुङ्े झरना, ढङ्ढङ्े झरना क्षेत्रमा पनि श्रमदानमार्फत वृक्षरोपण गरिसकेको छ । डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया