काठमाडौँ, १२ भदौ : देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ ।
डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताउनुभयो । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो ।
स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।
यसैबीच पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् । वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा पोथी लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसका एक–एक बिरामीमा भेटिएका हुन् ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भन्नुभयो, “पोथी लामखुट्टेले पशुपक्षी घोडा, सुँगुर, बङ्गुर, हाँस आदिलाई टोकेर मानिसलाई टोक्यो भने मानिसमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण देखापर्छ ।”
यो रोगको जिवाणुले मानिसको मस्तिष्कमा असर पु-याउँछ । यो रोगको लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनुपर्ने हुन्छ ।
जनस्वास्थ्य अधिकृत ठाकुरले समयमै उपचार गराएमा बिरामीलाई अपाङ्ग र मृत्यु हुनबाटसमेत जोगाउन सकिने बताउनुभ राससमा उल्लेख छ ।