राष्ट्रपति पौडेल सङ्खुवासभामा

  ४ घण्टा अगाडि

खाँदबारी (सङ्खुवासभा), १२ भदौ : राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुग्नुभएको छ । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु¥याएको छ ।

राष्ट्रपति पौडेल यहाँ पुग्नुहुँदा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम छ ।विशेष समारोह अहिले पनि यहाँ जारी रहेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया