डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

  ७ घण्टा अगाडि

अमरगढी (डडेल्धुरा), १२ भदौ : यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठाँटा बजारबाट डडेल्धुुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् ।

घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया