सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  ६ घण्टा अगाडि

काठमाडौँ, १२ भदौ : स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मोल तोलमा रु चार सयले बढेको छ भने चाँदी रु १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार ४०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा खरिदबिक्री भइरहेको छ ।

हिजो बुधबार एक तोला सुन रु एक लाख ९९ हजारमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा क्रयविक्रय भएको थियो ।

तपाईको प्रतिक्रिया