साहित्य उत्सवमा भारतीय साहित्यकारको चर्चा

  ६ घण्टा अगाडि

काठमाडौँ, ७ भदौ : यहाँस्थित भारतीय दूतावासद्वारा आज आयोजित ‘हिन्दी साहित्य उत्सव’मा भारतका अग्रज साहित्यकारको योगदानको चर्चा गरिएको छ ।

नयाँ सडकस्थित नेपाल–भारत लाइब्रेरीमा आयोजित कार्यक्रममा भारतका विश्वविख्यात साहित्यकार अटल विहारी बाजपेयी, मैथिलीशरण गुप्त, सुभद्राकुमारी चौहानलगायतको जीवनी र सहित्यिक योगदानबारे चर्चा गरिएको हो ।

साहित्यकार एवं लेखक अंशु झा, कञ्चना झा, इन्दु ठाकुर, रजनीसिंह मण्डन, कृष्णचन्द्र मिश्र पब्लिकेसनका अध्यक्ष सचिदानन्द मिश्रलगायतले उहाँहरुको जीवनी र योगदानबारे जानकारी गराउनुभयो ।

भारतीय दूतावासले हरेक महिना साहित्यकारको जन्म भएको अवसरमा उहाँहरूबारे जानकारी दिने उद्देश्यले सोही महिना पारेर यस्तो कार्यक्रम गर्दै आएको जनाएको छ ।

आजको कार्यक्रममा हिमालिनी कुञ्ज बाल कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः मनन अग्रवाल, अवानी जलान, आजाद धड्कन र साहिलसिंह उज्वयनलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा काठमाडौँमा हिन्दी भाषाको अध्ययन हुने विभिन्न विद्यालयका छात्रछात्राले बाजपेयीसहित विभिन्न कवि तथा साहित्यकारका कविता वाचन गर्नुभयो ।

तपाईको प्रतिक्रिया