वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

  १३ घण्टा अगाडि

काठमाडौँ, ६ भदौ : काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया