‘लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ ’

  २ घण्टा अगाडि

कीर्तिपुर (काठमाडौँ), ४ भदौ : पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभएको छ ।

कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारणसभामा उहाँले सरकारले होटेल आदि चलाएर साध्य हुँदैन त्यसैले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न सरकार तयार छ”, उहाले भन्नुभयो ।

उहाँले सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा अशुल नगर्न मन्त्री पाण्डेले आग्रह गर्नुभयो । “एकपटक आएको मान्छे पटकपटक आउने गरी राम्रो व्यवहार गर्ने र भौतिक व्यवस्थापनतर्फसँगसँगै लैजान मन्त्री पाण्डेले व्यवसायीलाई आग्रह गर्नुभयो ।”, थकाली खाना लोकप्रिय हुनुको कारण त्यहाँ गरिने राम्रो व्यवहार हो”, उहाँले भन्नुभयो ।

मन्त्री पाण्डेले कलंकी– कोटेश्वर–स्वयम्भू आसपासका होटेल र गेष्ट हाउसका पेसागत हितका लागि २०६६ सालमा स्थापित एशोसिएशनमा हाल एक सय पाँच होटल तथा गेष्ट हाउस सदस्य रहेका छन् । संस्थाले आगामी दिनमा होटेल व्यवसायीका लागि आचारसंहिता जारी गर्न, कलंकी क्षेत्रमा सरसफाइ गर्ने र अन्य सामाजिक कार्य गर्ने योजना रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया