‘जलवायुका विषयमा छलफल गर्न हिन्दूकुश हिमालय सम्मेलन सफल’

  भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले जलवायुका विषयमा सांसदहरूको भूमिका प्रभावकारी बनाउन आवश्यक ज्ञान, अनुभव र असल अभ्यासको आदानप्रदानका माध्यमबाट यो हिन्दूकुश हिमालय संसदीय सम्मेलन सफल भएको बताउनुभयो

समापन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र वायु प्रदूषण नियन्त्रणका सांसदको भूमिका प्रभावकारी बनाउन तथा असल अभ्यासको आदानप्रदानका लागि सम्मेलन उपलब्धी मूलक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो दुई दिने उच्चस्तरीय कार्यक्रममा हिन्दूकुश क्षेत्रका सांसदले जलवायु सङ्कटसँग जुझ्न कानुन निर्माणको भूमिका र जलवायु कूटनीतिको क्षमतामा नयाँ आयाम थपेका छन् ।” उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेप्रति आभार व्यक्त गर्नुभयो । साथै विभिन्न सत्रका प्रस्तुतकर्ता, मन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, समितिका सभापति, सांसद, विज्ञ तथा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

सभापति थापाले कार्यक्रमको तयारीदेखि नै सहयोग प्रदान गर्ने परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकाय र प्राविधिक सहयोगका लागि इसिमोडप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो भेटघाट र छलफलले जलवायु कूटनीति, जैविक विविधता संरक्षण तथा वायु प्रदूषण नियन्त्रणमा हिन्दूकुश क्षेत्रका सांसदहरुबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै भविष्यका संस्करणमा थप छलफल र सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ, ३ भदौ : सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले जलवायुका विषयमा सांसदहरूको भूमिका प्रभावकारी बनाउन आवश्यक ज्ञान, अनुभव र असल अभ्यासको आदानप्रदानका माध्यमबाट यो हिन्दूकुश हिमालय संसदीय सम्मेलन सफल भएको बताउनुभयो ।

समापन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र वायु प्रदूषण नियन्त्रणका सांसदको भूमिका प्रभावकारी बनाउन तथा असल अभ्यासको आदानप्रदानका लागि सम्मेलन उपलब्धी मूलक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो दुई दिने उच्चस्तरीय कार्यक्रममा हिन्दूकुश क्षेत्रका सांसदले जलवायु सङ्कटसँग जुझ्न कानुन निर्माणको भूमिका र जलवायु कूटनीतिको क्षमतामा नयाँ आयाम थपेका छन् ।” उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेप्रति आभार व्यक्त गर्नुभयो । साथै विभिन्न सत्रका प्रस्तुतकर्ता, मन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, समितिका सभापति, सांसद, विज्ञ तथा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

सभापति थापाले कार्यक्रमको तयारीदेखि नै सहयोग प्रदान गर्ने परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकाय र प्राविधिक सहयोगका लागि इसिमोडप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो भेटघाट र छलफलले जलवायु कूटनीति, जैविक विविधता संरक्षण तथा वायु प्रदूषण नियन्त्रणमा हिन्दूकुश क्षेत्रका सांसदहरुबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै भविष्यका संस्करणमा थप छलफल र सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया