पोखराका पौडेल लामो समयदेखि सम्पर्क विहीन  

  ५ घण्टा अगाडि

पोखराका एकजना मानिस केही समयदेखि सम्पर्कविहीन भएका छन् । कास्की जिल्लाको पोखरा-१९ लामाचौर निवासी ४९ वर्षीय पिताम्बर पौडेल गएको साउन १९ गतेदेखि परिवारको सम्पर्कमा नआएपछि उनका भाइ रामचन्द्र पौडेलले खोजीका लागि अपील गरेका हुन् ।

अन्तिम पटक सार्वजनिक भिडियो क्लिप अनुसार उनी पृथ्वीचोकको एक पसलमा देखापरेका थिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले पनि सूचना जारी गरी खोजी कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया