पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारमा

  ५ घण्टा अगाडि

पाटन (ललितपुर), ३१ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।

सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिनुभयो ।

कारागारमा सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उहाँलाई नख्खु कारागार ल्याइएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नख्खु कारागारमा ल्याइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया