काठमाडौँ, १७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकअन्तर्गत आज १८ स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले आ-आफ्नो धारणा राख्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत प्रस्तावमाथि धारणा राख्ने अधिकांश नेताले नेतृत्वलाई बलियो र पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ । बैठक भोलि बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको राससले जनाएको छ ।