‘आँशु झार्दिन’ सार्वजनिक

  ९ घण्टा अगाडि

काठमाडौँ, १७ साउन : सहिद कमलप्रसाद शर्माको जीवनीमा आधारित ‘आँशु झार्दिन’ नामक आधुनिक गीतको म्युनिक भिडियो सार्वजनिक गरिएको छ । आधार महिला समाज नेपालले आज यहाँ आयोजना गरेको ‘म्युजिक भिडियो सार्वजनिक’ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जयपुरी घर्तीले उक्त गीतको म्युनिक भिडियो सार्वजनिक गर्नुभएको हो ।

गीतमा सहिद शर्माकी धर्मपत्नी भगवती प्रधानको शब्द सङ्कलन रहेको छ, भने गायिका निर्मला घिसिङले स्वर दिनुभएको छ । रमण थामीले सङ्गित संयोजन गर्नुभएको सो गीतको म्युजिक भिडियोमा कलाकार मिराज विक्रम सिंह, मान्सी शर्मा, टीका बाँस्तोला, गणेश जिसी, मानव चौधरी, सुनिल विश्वकर्मा, कविता पुन मगर, प्रस्तुति परियार, सन्ध्या मगर, सरोज राई, निशा खडका र राधिका साउदले अभिनय गर्नुभएको छ ।

गीतकार प्रधानले भन्नुभयो, “समग्र गीतले जनयुद्धप्रति सम्मान गर्दै जनयुद्धमा सहभागी भई दिनुभएको बलिदान र प्रतिनिधित्वसहित सहिद हुनुभएका सम्पूर्ण सहिदप्रति सम्मान गरेको छ ।”

तपाईको प्रतिक्रिया