वासिङ्टन, १४ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न रूसलाई १० दिनको समयसीमा घोषणा गर्नुभएको छ । उहाँले समय सीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिनुभएको छ ।
स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मङ्गलबारदेखि दस दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्नेछ । ट्रम्पले रुस र युक्रेनबिचको द्वन्द्व छिटै अन्त्य गर्नुपर्ने विषयमा जोड दिँदै समयसीमा ५० बाट घटाएर १० बनाएको उल्लेख गर्नुभएको हो ।
यद्दपी उहाँले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट कुनै प्रतिक्रिया नपाएको उल्लेख गर्नु भएको छ । उहाँले यदि थपिएको समय सिमा भित्र कुनै प्रगति नभए अमेरिकाले मस्कोमा थप शुल्क र दण्डात्मक उपायहरू अबलम्बन गर्ने बताउनु भएको छ । संयुक्त राज्य अमेरिकाले अवरोधलाई कम गर्न र विश्वव्यापी ऊर्जा बजारमा सम्भावित असरलाई सम्बोधन गर्न घरेलु तेल उत्पादन बढाउने ट्रम्पले बताउनुभएको छ ।
रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । किएभले भने द्वन्द्व अन्त्य गर्ने सर्तको रूपमा पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने महत्वाकांक्षा त्याग्ने मागलाई आफ्नो सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भनि दृढतापूर्वक अस्वीकार गरेको छ । (रासस/क्युएनए)