काठमाडौँ, ३२ असार : निर्वाचन आयोगले पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुन समशेर जबरालगायत पदाधिकारीले आज दिवङ्गत शर्माको परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेको गर्नुभएको हो । स्व शर्माले निर्वाचन कानुनमा सुधार, निर्वाचनमा लैङ्गिक तथा समावेशीकरण नीति तथा आयोगको रणनीति कयोजना कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वह गर्नुभएको जनाउँदै आयोगले नेपालको निर्वाचन इतिहासमा पुर्याउनुभएको योगदानका लागि उच्च सम्मान व्यक्त गरेको राससले लेखेको छ ।
विसं २०६९ चैत ११ गते निर्वाचन आयुक्तको पदमा नियुक्त भई २०७५ चैत १० गतेसम्म कार्यरत शर्माको ५८ वर्षको उमेरमा यही असार २८ गते निधन भएको थियो ।