दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

  ५ घण्टा अगाडि

वीरगञ्ज (पर्सा), ३० असार : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादवले पर्साका खानेपानीको अभाव भएका क्षेत्रको संयुक्त रुपमा अनुगमन गर्नुभएको छ ।

सङ्घीय सरकारका दुवै मन्त्रीले आज पर्साको निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने विभिन्न ठाउँमा खानेपानीको चर्काे समस्या झेलेका जनतासँग छलफल तथा सोको समाधानको विषयमा छलफल गर्नुभएको हो ।

खानेपानीमन्त्री यादवले वीरगञ्जसहित पर्साका धेरै स्थानमा नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि कानुनमन्त्री चौरसिया र आफूले गाउँ–टोल तथा वडाहरुमा संयुक्त अनुगमन गरेको जानकारी दिनुभयो ।

राससका अनुसार मन्त्री यादवले महानगरको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा रु चार अर्ब ५० करोड लागतमा परियोजना अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया