स्रोत नखुलेको डेढ करोडसहित चिनियाँ नागरिक नियन्त्रणमा

  ८ घण्टा अगाडि

काठमाडौँ, २४ असार : काठमाडौँ महानगरपालिका–६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोडसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई रु एक करोड ४४ लाखसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेको उनलाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनको डेरा खानतलासी गर्दा उक्त रकम फेला परेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया