हुम्ला, १६ असारः चिनियाँ प्राविधिक टोलीले हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरेको छ । ल्हासाबाट हिल्सा नाका आएको उक्त टोलीले सडकको सम्भाव्यता अध्ययन गरेको हो । हिल्सा–सिमकोट सडक योजना कार्यालयका योजना प्रमुखको नेतृत्वमा हिल्साबाट सिमीकोटसम्मको ९५ किमी सडकको स्तरोन्नतिको सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको छ । योजना प्रमुख वेलबहादुर नेपालीका अनुसार १० जना चिनियाँ प्राविधिक टोलीले असार ७ देखि १३ गतेसम्म उल्लेखित सडकको सम्भाव्यता अध्ययन गरेको थियो ।