काठमाडौँ, १३ असार : नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ । आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपाली क्रिकेट टिम उक्त सिरिजका लागि अस्ट्रेलियाको डार्विनमा अगस्ट १४ देखि २४ सम्म बस्ने छ। नेपालले अस्ट्रेलिया भ्रमणमा कुन टिमसँग खेल्छ भन्ने तालिका भने सार्वजनिक भएको छैन । नेपालले अस्ट्रेलियामा सिरिज खेल्ने विषयमा शुुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी गराउनुभएको हो ।
अस्ट्रेलियामा सिरिज खेले लगत्तै नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने छ ।