झापा, १३ असार : पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपालले निरङ्कुशताविरुद्ध लामो सङ्घर्षपछि हासिल भएको वर्तमान राजनीतिक प्रणालीलाई बलियो नबनाई मुलुक र जनताको हितमा समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।
कचनकवल गाउँपालिकामा निर्माण हुन लागेको प्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उहाँले लोकतान्त्रिक व्यवस्था विश्वकै उत्कृष्ट व्यवस्था भएकाले नयाँ व्यवस्थामा नयाँ सोच र चिन्तन अनिवार्य भएको बताउनुभयो । सो भवन रु चार करोड ७९ लाख २१ हजार २८५ को लागनमा निर्माण हुनेगरी नेपाल सरकार सघन शहरी विकास तथा भवन निर्माण कार्यालय र खण्डपुर निर्माण सेवा बीच सम्झौता भएको छ ।
बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको भने निर्माण विसं २०८४ जेठ २० गते सम्पन्न हुने शिक्षालयका संयोजक तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले जानकारी दिनुभयो ।