भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

  ९ घण्टा अगाडि

भक्तपुर, ११ असार : भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मङ्गलबार तीन जनाको शल्यक्रिया गरेको छ ।

“आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भन्नुभयो । आङ खसेका महिलाहरुलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उहाँले आह्वान गर्नुभयो ।

तपाईको प्रतिक्रिया