आज रास्वपाको तेस्रो स्थापना दिवस

  ४ घण्टा अगाडि

काठमाडौँ, ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रोे पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा रास्वपाले आज बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो । भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत सुरु गरिएको रास्वपाले जनाएको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गर्नुभएका छ । त्यस अवसरमा उहाँले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा पार्टी निरन्तर अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया