शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

  ७ घण्टा अगाडि

बैतडी, ५ असार : जिल्लाको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १५औँ अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले ‘हाम्रो शिवनाथ, हामी बनाउँछौँ’ भन्ने नारासहित शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताउनुभयो । पालिकाभित्र बोलिने भाषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले व्याकरण लेखन र प्रकाशनको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

गाउँपालिकालाई पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘एक वडा, एक खेलमैदान’को नीतिलाई निरन्तरता दिइने जनाइएको छ ।

आगामी वर्षमा गाउँपालिकाका छ वटा वडालाई बालमैत्री घोषणा गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीयको खानेपानीमा पहुँच पुर्‍याउन आवश्यक नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिनुभयो । “न्यायिक समितिको कामलाई प्रविधिमैत्री बनाउने र कृषितर्फ विभिन्न कार्यक्रममा अनुदान दिने उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया