तीन दलका शीर्ष नेताको बैठक बस्दै

  ८ घण्टा अगाडि

काठमाडौँ, ५ असार : समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुनुहुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिनुभएको जानकारीअनुसार बुुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हाल काठमाडौँबाहिर रहनुभएकाले आजका लागि सारिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया