कर्णाली, २ असार : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको १४औँ बैठक सुरु भएको छ । आइतबार दिउँसो ३ः०० बजे बस्ने भनिएको उक्त बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको थिएन ।
करिब १० घण्टाको छलफलपछि प्रतिपक्षी दल र सरकारबीच सहमति जुटेपछि मध्य राति ठिक १२ः०० बजेबाट बैठक सुरु भएको हो । बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्न थाल्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आयोजना बैङ्क नै सार्वजनिक नगरेर सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याउनु लागेको भन्दै बैठक बस्न नसक्ने अडान राखेको थियो ।