चिनियाँ कुओमिन्ताङ पार्टीका पूर्व अध्यक्ष मुख्यभूमिको फुच्यानमा

  १३ घण्टा अगाडि

चिनियाँ कुओमिन्ताङ पार्टीका पूर्व अध्यक्ष मा यिङ-जेउले पद त्यागेपछि चिनियाँ मुख्यभूमिको चौथो भ्रमण सुरु गरेका छन् ।

ताइवानी मिडियालाई उद्धृत गर्दै सिन्ह्वा समाचार समिति अन्तर्गतको पत्रिका छानखाओस्याउसीले जुन महिनाको १४ देखि २७ तारिखसम्म ताइवान टापुबाट फुच्यान र कान्सु प्रान्तको भ्रमणमा निस्केको युवा टोलीलाई नेतृत्व गर्दै मूख्यभूमिमा आएको जनाइएको छ।

“यो भ्रमण फुच्यान प्रान्तको स्थानीय इतिहास र औद्योगिक विकासको बारेमा हाम्रो बुझाइलाई गहिरो बनाउने बारेमा मात्र होइन, तर आमनेसामने अन्तरक्रिया मार्फत जलडमरू पारिका जनता-जनताको नजिकको आदानप्रदानलाई प्रवर्द्धन गर्ने बारेमा पनि हो,” माले शनिबार बिहान ९ बजेतिर आफ्नो यात्रा सुरु गर्नुअघि ताओयुआन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा प्रवेश गर्नुअघि भने ।

समाचार साभारः ग्लोबल टाइम्स

तपाईको प्रतिक्रिया