काठमाडौँ, २९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले विगत ११ महिनायताको देशको आर्थिक सूचकाङ्क राख्दै बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताउनुभएको हो ।
सरकारको खातामा रु तीन खर्ब ६० अर्ब मौज्दात, सोधनान्तर स्थिति रु ४३८ अर्ब ५२ करोड, आयात १३ प्रतिशत र निर्यात ७३ प्रतिशतले वृद्धि रहेको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
यस्तै रेमिट्यान्स एक महिनामै रु एक खर्ब ६५ अर्ब, रेमिट्यान्स १३ दशमलव २ प्रतिशतले वृद्धि, विदेशी मुद्रा विनिमयको सञ्चिती रु १८ अर्ब ४० करोड, राजस्व परिचालन रु ९२२ अर्ब ४३ करोड र मूल्य वृद्धिकर २ दशमलव ७७ प्रतिशत रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।