काठमाडौं, २९ जेठ । युरोप र अमेरिका क्षेत्रहरूमा रहेका विदेशस्थित नेपाली नियोगका प्रमुखहरूको सहभागितामा आयोजित “लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना” शीर्षकको भर्चुअल कार्यशालालाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सम्बोधन गर्नुभयो ।

परराष्ट्रमन्त्रीले नेपालमा पर्यटन र लगानी प्रवर्द्धनका लागि सक्रिय भूमिका खेल्न नेपाली नियोगका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

लगानी बोर्ड नेपाल र नेपाल पर्यटन बोर्डले लगानी र पर्यटन प्रवर्द्धनका बारेमा आफ्नो प्रस्तुति प्रस्तुत गरे ।

नेपालमा पर्यटन विकास र विदेशी लगानीलाई अझ तीव्र बनाउने तरिका र साधनहरूमा छलफल गरिएको थियो ।
तस्बिरःपरराष्ट्र मन्त्रालयको एक्स