काठमाडौं, २९ जेठ । खाद्य तथा कृषि संगठनका महानिर्देशकका विशेष प्रतिनिधि डेनियल गुस्ताफसन र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग बिहीबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल र खाद्य तथा कृषि संगठनबीचको लामो समयदेखिको साझेदारीलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।

भेटवार्ताका तस्बिर सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक गर्दै परराष्ट्रमन्त्री आरजु राणाले भेटमा संगठन र नेपालबीचको सहकार्यको विषयमा परामर्श भएको बताइन् ।
