काठमाडौँ, २८ जेठ : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि अन्ततः चुनाव हुने भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय सम्मेलनमा उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएपछि सहमतिको प्रयास विफल भएको हो ।
जारी २४ औं महाधिवेशनले केन्द्रीय समितिमा ९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ ।
एमालेले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा अनेरास्ववियुका पूर्व अध्यक्षहरू माधव ढुंगेल, नविना लामा, किशोरविक्रम मल्ल, ऐन महर, सुनिता बराल र समिक बडाल सदस्य रहेको हाई कमान्ड गठन भएको छ ।